त्रिशिदेश्वरी र तुलसीपुर स्पोट्र्स एकाडेमीको बिजयी सुरुवात

दाङ । दाङको तुलसीपुरमा संचालित दोस्रो ईन्टर दाङ भ्याली टि २० क्रिकेट च्याम्पियनसिपमा त्रिशिदेश्वरी स्पोट्र्स क्लव तुलसीपुर र तुलसीपुर स्पोट्र्स एकाडेमीले बिजयी सुरुवात गरेका छन् । डि भि सि सि दाङको आयोजना तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र मावि खेलमैदान तुलसीपुरमा शनिबार भएको उद्घाटन खेलमा बुटुनिया युथ क्लव तुलसीपुरलाई ५ विकेटले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन त्रीशिदेश्वरी स्पोट्र्स क्लव तुलसीपुरले बिजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै सिटी स्पोट्र्स क्लव शान्तीनगरलाई ६ विकेट ले पराजित गर्दै तुलसीपुर स्पोट्र्स एकाडेमीले आफ्नो बिजयी यात्रा सुरु ग¥यो । उद्घाटन खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रिएको बुटुनिया युथ क्लबले २० ओभरको समाप्तिमा आफ्ना सबै विकेटको क्षेतिमा ८७ रन जोडेको थियो १ जसमा अर्पन चौधरीले ४१ रनको योगदान दिएका थिए । त्यस्तै बलिङ तर्फ त्रिसिदेश्वरीका आश्विनले ३ विकेट लिए ।

८८ रनको बिजयी लक्ष्य पच्छाएको त्रिशिदेश्वरीले ११ दशमलव ३ ओभरमा आफ्ना ५ विकेटको क्षतिमा सो लक्ष्य भेट्टाएको थियो । जसमा थम्मन ओली २९ र संकर बुढाले १८ रन जोडे १ बुटुनियाका हरिस ले २ विकेट लिए १ खेलमा सर्वाधिक ३ विकेट २४ रनको योगदान दिएका आश्विन म्यान अफ द म्याच भए ।

त्यस्तै सिटी युथ क्लव शान्तिनगरले दिएको ८५ रनको बिजयी लक्ष्य तुलसीपुर स्पोट्र्स एकाडेमीले ११ दशमलव ३ ओभरमा आफ्ना ४ विकेटको क्षेतिमा भेट्टाएको थियो । जसमा कमल चौधरीले सर्वाधिक ३८ र विशाल ले २१ रनको योगदान दिए । खेलमा सर्वाधिक ४ विकेट लिन सफल तुलसीपुर स्पोट्र्स एकाडेमीका सन्दीप नेपाली म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आईतबार ३ खेल हुनेछन । बिहान ८ बजे हुने पहिलो खेलमा वाई ओ टि र भ्यालिजुनिएर घोराही, दोसो खेलमा ट आर सि सि र डि एस सि सि र तेस्रो खेलमा पुरन्धारा र सि वाई सि एस भिड्नेछन् ।

यसैबिच प्रतियोगिताको उद्घाटन क्लवका अध्यक्ष आभाष बुढाथोकीको अध्यक्षता तथा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति शुरेस हमालको प्रमुख आतिथ्यमा भएको थियो । पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डि भि सि सीले जिल्ला मा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ क्रिकेट च्याम्पियनसिपको आयोजना गरेको बताएको छ । प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस