थप ८०५ संक्रमित थपिँदा ९११ निको, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८०५ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ जनाको पिसिआर गर्दा ६६७ र एन्टिजेन परिक्षण गर्दा ३ हजार ४०८ जनाको परीक्षण गर्दा १३८ संक्रमित थपिएका हुन। त्यसैगरी पछिल्लो २४ घन्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ९११ जनाले कोरोनालाई जितेका छन्, भने हाल सम्म देशभर ७ लाख ७३ हजार १४० जनाले कोरोना जितेका छन् । त्यस्तै हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म नेपालमा ६४ लाख ३० हजार ४३१ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।
यस्तै ८० लाख ८ हजार ८५४ जनाले पहिलो डोज खोप लगाएका छन्।
प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस