थप ९६८ जना कोरोना संक्रमित थपिदा, १,११४ जना कोरोना निको, ६ जनाको मृत्यु

काठमाडौं । देशभर २४ घन्टामा देशभर ९६८ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ जनाको पिसिआर गर्दा ७६२ र एन्टिजेन परिक्षण गर्दा ४ हजार ४६० जनाको परीक्षण गर्दा २०६ संक्रमित थपिएका हुन ।

त्यस्तै २४ घन्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । त्यस्तै २४ घन्टामा एक हजार ११४ जनाले कोरोनालाई जितेका छन्, भने हालसम्म देशभर ७ लाख ७१ हजार ३३८ जनाले कोरोना जितेका छन् ।

त्यस्तै देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा ६४ लाख ९ हजार १९६ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । त्यसैगरी ७९ लाख १३ हजार ५५५ जनाले पहिलो डोज खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस