पद्मोदय र माउन्ट भ्यु इन्टरस्कुल जिल्लास्तरीय टि२० क्रीकेट प्रतियोगिताको फाइनलमा

दाङ। दाङको घोराही गुलरीया क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा माउन्ट भ्युले घोराही गोरखालाई ५विकेटले र दोस्रो सेमीफाइनलमा पद्मोदयले गोरखा लमही माथि ५१ रनको जित दर्ता गर्दै फाइनल प्रबेश गरेको हुन ।
आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा माउन्ट भ्यू स्कुलले घोराही गोरखा स्कुल माथि ५ विकेटको रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन जोडेको थिए। गोरखाका लागि ओपनिङ ब्याट्सम्यान प्रवेश डाँगीले ५६ बलमा ४६ रन जोडे। उनले ६ चौका प्रहार गरेका थिए।
माउन्ट भ्यूका अक्षकुमार रावतले ४ विकेट हात पारे। साथै शंकर पोखरेल र सम्राटले पनि सम्मान १/१ विकेट हात पारे। १२६ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको माउन्ट भ्यूलाई अन्तिम ओभरमा ६ बलमा ६ रन आवश्यकता हुँदा २ बल बाँकी रहँदै लक्ष्य हासिल गर्यो। माउन्ट भ्यूका लागि ओपनिङ ब्याट्सम्यान ३० बलमा ४ चौकाको मद्दतले ३० रन जोडे। साथै भोद्रज केसीले १४ तथा प्रवासकरले ३९ रन जोडे। गोरखाबाट संगीत केसीले २ विकेट तथा विभव पोखरेलले १ विकेट हात पारे।
यस्तै आज सम्पन्न दोस्रो सेमीफाइनलमा पद्मोदय स्कुलले गोरखा लमही स्कुलमाथि ५१ रनको विशाल जीत दर्ता गरेको छ। टस हारेर ब्याटिङका लागि निम्तो पाएको पद्मोदयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन जोड्यो। पद्मोदयका लागि सचिन केसी अर्धशतकीय पारी खेले। उनले ३ चौकाको मद्दतले ६९ बलमा ५१ रनको अाजिवित पारी खेलका थिए। गोरखा लमहीको बलिङ तर्फ किरण बि.केले २ विकेट हात पारे । साथै श्रीदर पोख्रेल , राजकुमार कुमाल र सुन्दर पोख्रेलले सम्मान १/१ विकेट हात पारे।
११० रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको गोरखा लमहीको ब्याटिङमा समस्या देखिँदा ५१ रनको हार ब्यहोरेको छ। गोरखा लमहीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५८ रन जोड्यो। टोलीका लागि सुदिप क्षेत्री १० तथा हेमराज मगरले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन्। लमही गोरखाको ब्याटिङलाई धरापमा पार्न पद्मोदयका कप्तान आशिष ओली र जीवन आलेले सम्मान ४/४ विकेट हात पारे। अब उपाधिका लागि पद्मोदय र माउन्ट भ्यू बीच भोलि भिडन्त हुनेछ।
यस प्रतियोगितालाई फेज १ मानि उत्कृष्ट खेल्ने ४ टिमलाई डिउज बलले खेलिने फेज २ अन्तर्गत एकेडेमी कपमा सामेल गरिनेछ । प्रतियोगितामा बिजेता टिमलाई नगद तीस हजार उपबिजेतालाई नगद पन्ध्र हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फेज २का लागि माउन्ट भ्यू , गोरखा लमही , गोरखा घोराही र पद्मोदय बोर्डिङ स्कूल छनोट भइसकेका छन्।
यस्तै खेलमा उत्कृष्ट खेल्ने खेलाडीहरुलाई बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, इमर्जिङ प्लेयर लगायत म्यान अफ द म्याचलाई नगद पुरस्कारसहित, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।