थप १ हजार ३० जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । देशभर थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ ।

तीमध्ये ११ हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस