आज दाङमा चार जनामा कोरोना पुुष्टि, आठ जना कोरोनामुक्त

दाङ । आज दाङमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर र बिभिन्न स्थानमा गरिएको १० जनाको एन्टिजेन परिक्षण गर्दा ३ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा राप्तीका ३ जना, र घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ८ जना कोरोना मुक्त भएका छन् । त्यस्तै आज कोरानामुक्त हुनेमा तुुलसीपुरका ४ घोराहीका ३ र राप्तीका एक जना रहेका छन् ।
अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६२ जना रहेको छ । ति मध्य ५३ जना घरमा, ५ जना आईसीयूमा र ४ जना अक्सिजनसहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस