कोरोना सङ्क्रमणबाट रोल्पाकी एक महिलाको मृत्यु

दाङ । दाङमा कोरोना सङ्क्रमणबाट रोल्पाकी एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचारको क्रममा रोल्पा गंगादेव गाउँपालिका १ की ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए ।

उनको आइतबार मध्यान्ह सवा १२ बजेतिर उपचारको क्रममा मृत्यु भएको वलीले जानकारी दिए । ति महिलाको यही असोज १४ गतेदेखि अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण सँगै निमोनिया र स्वास प्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा ४ जना संक्रमित आइसीयुमा उपचाररत रहेको पनि अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस