खुला फुटबलको उपाधी ज्ञानज्योतीलाई
तुलसीपुर । दाङ तुलसीपुरको टरिगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगीता २०७८ को उपाधी ईनोभेटिभ ज्ञानज्योति तुलसीपुरले जितेको छ ।
टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाईनल खेलमा युनाईटेड युथ क्लब तुलसीपुरलाई शुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै ज्ञानज्योतीले उपाधी जितेको हो ।
उपाधीसँगै उसले नगद एक लाख पन्ध्र हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो १ फाईनलमा पराजय ब्यहोरेको युनाईटेड उपबिजेतामा सीमित रहदै नगद ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख्य दर्शक भरिएको टरिगाउँ खेल मैदानमा भएको खेलमा जर्सी नं. १९ का बिनोद केसीले दुई गोल गरे । त्यस्तै जर्सी नं. १० का निशान डाँगी र किरण योगीले एकर एक गोल गरे । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष अबिन रजौरेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा बिजेता, उपबिजेता र सेमिफाइनल खेल बाट बहिरिएका टिम तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने, ज्ञानज्योती क्लबका निशान डाँगी बेस्ट प्लेयर खेलाडी, बेस्ट स्कोरर बिनोद केसी, बेस्ट किप्पर प्रतीक रसाईली, बेस्ट डिफेन्स बिजय सिंह ठकुरीलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायतले नगद सात हजार पाँच सय पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । प्रतियोगीतामा १३ टिमको सहभागिता रहेको थियो ।