दाङमा थप एक जनामा कोरोना पुष्टि, चार जना कोरोनामुक्त

दाङ । आज दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा राप्ती गाउँपालिकाको रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज चार जना कोरोना मुक्त भएका छन् । घोराहीका दुई जना र लमहीका दुई जना कोरोना मुक्त भएका हुन् ।
दाङमा अब सकृय बिरामीको संख्या ५१ जनामा झरेको छ । ति मध्य ३९ जना घरमा, सामान्यमा ४ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएका छ ।
प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस