८६७ जनामा कोरोना पुष्टि, १,१२३ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाडौं । देशभर थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार २ सय १९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ८ सय ६७ जना संक्रमित भेटिएका हुन् ।
यस्तै, शनिबार १ हजार १ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्, भने हालसम्म देशभर ७ लाख ६७ हजार ८१९ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ । त्यस्तै, आज थप ९ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै हाल देशभर १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस