बुद्धले मनायाे मुटु दिवस

घोराही । विश्व मुटु दिवसको अवसरमा दाङको बुद्ध ईन्टरनेशनल अस्पतालले एक सचेतना कार्यक्रम गरी मनाएको छ । आज बुद्ध ईन्टरनेशनल अस्पतालको प्राङ्गनमा अस्पतालकै आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सुरुवातमा अस्पतालका सम्पुर्ण परीवारहरुले अस्पतालदेखि तृुलसीपुर चोकसम्म र चोकबाट पुन अस्पतालसम्म आधा घन्टाको पैदल यात्रा समेत गरेको थियो । दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा अस्पतालका कर्मचारीहरुले बिभिन्न कला समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जुम्बा नाचसँगै स्वस्थ मुटुको बारेमा नर्स मोना पुन र एचए निराजन कुँवरले जानकारी गराएका थिए भने जिवन घर्ति मगरले मुटु सम्बन्धि मुक्तक सुनाएका थिए ।

उक्त कार्यक्रममा विभिन्न सहयोगी संघ संस्थालाई सम्मान समेत गरीएको थियो । डां दिपेश शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हिमालय पोख्रेलले गरेका थिए भने कार्यक्रमको समापन अस्पतालका कार्यकारी अधिकृत बालाराम शर्माले गरेका थिए । मुटु दिवसको अवसरमा आज दिनभर ईन्टरनेशनल अस्पतालले रक्तचाप र ब्लड सुगर निःशुल्क जाँच गरेको थियो । सो अवसरमा आज दिनभर करिब २०० बढी सेवाग्राहिले निःशुल्क रुपमा रक्तचाप र ब्लडसुगर परीक्षण गराएका थिए ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस