खुला फुटबलमा बिहीबारदेखि सेमिफाईनलका खेल हुने

तुलसीपुर । दाङ तुलसीपुरको टरिगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ मा बिहीबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् ।

टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा ज्ञानज्योती तुलसीपुर र माईलदाई फुटबल क्लब कालितारा भिड्नेछन् । खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ । त्यस्तै सुक्रबार अन्तिम सेमिफाइनल खेलमा बेलुवा फुटबल क्लब र युनाईटेड युथ क्लब तुलसीपुर आमनेसामने हुनेछन् । खेल दिउँसो दुई बजेपछि हुनेछ ।

क्वाटरफाइनलमा बेलुवा फुटबल क्लबले युएनबिसी घोराहीलाई एकका विरुद्ध तीन गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा मगर एकता युवा क्लबसँग वाक ओभर पाउँदै युनाईटेडले सेमिफाइनल यात्रा तय र्गयो ।

त्यस्तै ज्ञानज्योती तुलसिपुरले आयोजक टरिगाउँ युवा क्लबलाई पेनाल्टीमा एकका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्र तय गर्दा माईलदाई युवा क्लबले खाद्रेलाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।

स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा विकासमा टेवा र्पुयाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हाँसिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिनेछ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस