थप १,१५७ जना संक्रमित थपिँदा १,११३ डिस्चार्ज, ८ जनाको मृत्यु

काठमाडौं । देशभर थप १ हजार १५७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पिसिआर गर्दा ८९२ र एन्टिजेन परिक्षण गर्दा ३ हजार ८८९ जनाको परीक्षण गर्दा २६५ संक्रमित थपिएका हुन ।

त्यसैगरी पछिल्लो २४ घन्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ११ सय १३ जनाले कोरोनालाई जितेका छन्, भने हालसम्म देशभर ७ लाख ६४ हजार ८४७ जनाले कोरोना जितेका छन् ।

त्यस्तै हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा ६२ लाख ३८ हजार १ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । यस्तै ६२ लाख १४ हजार ७४२ जनाले पहिलो डोज खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस