दाङमा आज थप २ जनामा कोरोना पुष्टि
दाङ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा राप्ती २ जना महिला रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङको तुलसीपुरका १ जना कोरोना मुक्त भएका छन् ।
दाङमा अहिले सकृय बिरामीको संख्या ६० जना रहेको छ । ति मध्य घरमा ५१ जना, ६ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचाररत रहेको केन्द्रले जनाएको छ । कोरोना विशेष अस्पताल वेलझुण्डीमा २ जना प्युठानका बिरामीसहित अहिले ४ जना रहेका छन् भने राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा अहिले ५ जना कोरोनाका बिरामीको उपचार भैरहेको छ ।
यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ९० जना पुगेको छ । ति मध्य ८ हजार ८ सय १५ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।