दाङ जिल्लामा टि २० क्रीकेट प्रतियोगिता हुने

दाङ । दाङ जिल्लामा भोलि बुधबारबाट सुरु हुने गरि अन्तरविद्यालय टि-२० क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ । दङाली स्पोर्ट्स एकेडेमीको यो प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालायले सहभागिता जनाएका छन । उक्त १२ वटा विद्यालयलाई ४ ग्रुपमा बिभाजन गरिएको छ । प्रत्येक ग्रुपमा ३ वटा टिम राखिएको छ । उक्त ग्रुपको बिजेता संवत् सेमि फाइनलमा प्रवेश गर्ने छन । उक्त प्रतियोगिता टि-२० फर्मायाटमा खेलाइने छ ।

उक्त प्रतियोगिता दाङको घोराहीमा अवस्थित गुलरिया क्रीकेट मैदानमा खेलाइने छ । उक्त खेल भोलि असोज १३ गतेदेखि असोज १९ गतेसम्म हुनेछ । खेल टेनिस बलले खेलाइने छ । यस प्रतियोगितालाई फेज १ मानी उत्कृष्ट खेल्ने ४ टिमलाई डिउज बलले खेलिने फेज २ अन्तर्गत एकेडेमी कपमा सामेल गरिनेछ । प्रतियोगितामा बिजेता टिमलाई नगद तीस हजार उपबिजेतालाई नगद पन्ध्र हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै खेलमा उत्कृष्ट खेल्ने खेलाडीहरुलाई बेस्ट ब्याट्सम्यान, बेस्ट बलर , इमर्जिङ प्लेयर लगायत म्यान अफ द म्याचलाई नगद पुरस्कारसहित, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस