लैससास नीति निर्माण कार्यशाला

दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिका कार्य क्षेत्र बनाएर लैङ्गिक समता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र इलामले कृषक समूहहरुका लागी लैङ्गिक समता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति निर्माण कार्यशाला गरेको छ ।

राप्ती गाउँपालिकासँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले सञ्चालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत रहेर ३ नं वडाको नयावस्ती, ४ नं वडाको पिपरखुट्टी र बुढीचौर, ६ नं वडाको भगवानपुर र ७ नं वडाको भानपुरमा गठन गरिएका कृषक समूहहरुलाई अभिमुखीकरण गरिएको कार्यक्रम अधिकृत शशाङ्क वावु आचार्यले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा सम्पन्न गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा समुदायका महिला तथा पुरुषहरुले घरायसी, सामाजिक तथा व्यवसायमूलक कार्यहरुमामा देखे, भोगेका लैङ्गिक तथा सामाजिक विभेद बारे छलफल गर्दै आफ्नो समुदायलाई लैङ्गिक समतामूलक तथा समावेशी बनाउन सुझाव गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रकी जिस्ट अधिकृत स्मृति देवकोटा तथा कार्यक्रम अधिकृत शशाङ्क वावु आचार्यले सहजीकरण गरेका कार्यशालाबाट समाज रुपान्तरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

समता र समानता दुवै शब्द सुन्दा समान अर्थ लाग्ने भए पनि यी दुई शब्दको वास्ताविक अर्थ धेरै फरक खालको पाईन्छ । महिला र पूरुषबीच समान मूल्यमान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजकि र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा महिला र पूरुषबीच समान हैसियत कायम राख्नुलाई लैड्गिक समानता भनिने कार्यशालामा जानकारी दिए ।

लैड्गिक समता भनेको महिला र पूरुषहरुबीच विभिन्न क्षेत्र तथा समाजका विविध पक्षहरुमा समान पहुँच कायम गर्नका लागि प्रदान गरिने समान न्याय, निष्पक्षता र उचित व्यवहारलाई बुझाउदछ, महिला र पुरुषविचमा जन्मजात न्याय कायम गर्नु नै लैड्गिक समता हो, महिला र पूरुष दुवैको क्षमताअनुसार व्यवहार गर्नु दुवैको अवस्थाअनुसार अवसर उपलब्ध गराउनु, प्राकृतिक संरचना, क्षमता, स्वभावअनुसार समान व्यवहार गर्नु अवसर प्रदान गर्नु नै लैड्गिक समता रहेको कृषक समुहका सहभागीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस