मंगलबारदेखि क्वाटर फाईनल खेल हुने

दाङ । दाङ तुलसिपुरको टरिगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगीता २०७८ मा युनाईटेड युथ क्लव तुलसीपुर र माईलादाई फुटबल क्लवले बिजयी सुरुवात गरेका छन् ।

टरिगाउँ युवा क्लव तुलसीपुर १२ को आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर सोमबार विहान सम्पन्न खेलमा आयोजक टरिगाउँ युवा क्लब बि लाई सर्ट एण्ड डेथमा शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै युनाईटेडले बिजयी सुरुवात गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुबै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टिमा पनि बराबरी भएपछि युनाईटेडले सर्ट एण्ड डेथमा जित निकालेको हो ।

यस्तै एस वाई सी कालाकाटेलाई सर्ट एण्ड डेथमा ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै माईल दाइ फुटबल क्लबले बिजयी सुरुवात गरेको हो । उल्लेख्य दर्शकले भरिएको टरिगाउँ खेल मैदानमा दिउँसो सम्पन्न कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समयसम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टिमा पनि बराबरी भएपछि सर्ट एण्ड डेथमा माईदाई फुटबल क्लबले जित निकालेको हो । यसैबिच प्रतियोगिता अन्तरगत मंगलबार बिहान हुने पहिलो क्वाटर फाईनल खेलमा युनाईटेड युथ क्लव तुलसीपुर र मगर एकता क्लब हापुरे भिड्ने छन् । खेल बिहान ७ बजे हुनेछ ।

त्यस्तै दिउँसो हुने दोस्रो क्वाटर फाईनल खेलमा आयोजक टरिगाउँ युवा क्लब ए र ज्ञानज्योती क्लब तुलसीपुर आमनेसामने हुने छन् । खेल दिउँसो २ बजेपछि हुने आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिए । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा र्पुयाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिम को सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ १ त्यस्तै उपबिजेता र तृतीय स्थान हाँसिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्ने छ्न ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिनेछ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस