साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

साफको तयारीका लागि हाल कतारमा रहेको २५ जनाको टोलीबाट गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङ भने टिममा परेनन् ।

हाल नेपाली राष्ट्रिय फुटबल टिम बन्द प्रशिक्षणका लागि कतारमा छ । टोली उतैबाट माल्दिभ्स जानेछ ।

साफको तयारीस्वरुप नेपालले आइतबार कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर :  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर :  विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड :  नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस