कांग्रेस महाधिवेशन: दंगीशरणमा गिरी, बबईमा बस्नेत विजयी

दाङ ।  नेपाली कांग्रेस दंगीशरणको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको  १४ औं महाधिवेशन अन्तरगत  शनिबार भएको निर्वाचनबाट उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापति पदमा गिरी प्यानलकै गिरिराज न्यौपानेले ८० मत र दुर्गा बहादुर बोहरा ७१ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सचिव पदमा गिरी प्यानलकै ओपेन्द्रराज शर्मा ७० मत र वामदेव बिष्ट ६४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सहसचिव पदमा गिरी प्यानलकै टोपबहादुर खड्का ७१ र डम्मर वली बिक्रम ६६ मत प्राप्त गरि निर्वाचित भएका छन् । दंगीशरणमा कुल १२२ मतदाता रहेकोमा १२१ मत खसेको थियो ।  त्यस्त बबईको सभापतिमा प्रकाश बस्नेत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत  बबई गाउँपालिकाको निर्वाचनमा सभापतिका उम्मेदवार प्रसाराम भुषालको प्यानललाई पराजित गर्दै सभापतिमा प्रकाश बस्नेत सहित सम्पूर्ण प्यानल विजयी भएका छन् । सभापतिका उम्मेदवार भुसाललाई १५ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् । बस्नेतले ६५ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी भुसालले ५० मत लिएका थिए । त्यस्तै उपसभापतिमा ६६ मत प्राप्त गर्दे पिमलाल केसी र ५८ मत प्राप्त गर्दै जितबहादुर वली विजयी भएका छन् । सचिवमा ६६ मत प्राप्त गर्दै गणेशबहादुर केसी, र ६५ मत प्राप्त गर्दे खिमकान्त धिताल विजयी भएका छन् ।

यसैगरी सहसचिवमा ६९ मतका साथ मानबहादुर थापा र ६० मतका साथ थल  बहादुर वली विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । बबईमा जम्मा ११९ मतदाता मध्ये ११८ मत खसेको थियो जसमा ३ मत बदर थियो ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस