खुला फुटबल प्रतियोगीता शनिबारदेखि सुरु हुँदै

दाङ । दाङ तुलसीपुरको टरिगाउँमा भोली शनिबारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु हुँदैछ । टरिगाउँ युवा क्लव तुलसीपुर १२ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो दुई बजे हुनेछ। उद्घाटन खेलमा आयोजक टरिगाउँ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छ्न । खेल दिउँसो साढे दुई बजेदेखि सुरु हुनेछ ।
स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिम को सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष कबिन रजौरेले जानकारी दिए । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउँदै तुलसीपुर १२ मा रहेको टरिगाउँ खेल मैदानमा प्रतियोगीता संचालन गरिनेछ ।
प्रतियोगीताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हाँसिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ब्यक्तिगत विधा तर्फ प्रतियोगीता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिने छ । यसैबिच आयोजकले शनिबार दिउँसो हुने प्रतियोगीता उद्घाटन समारोहमा उपस्थितिका खेलप्रेमी, खेलाडी, पत्रकारलगायत सबैमा अनुरोध गरेको छ ।