थप १४७६ जनामा कोरोना पुष्टि, ९ जना मृत्यु

काठमाडौं । आज देशभर १ हजार ४७६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिसिआर गर्दा ११०३ र एन्टिजेन परिक्षण गर्दा ५ हजार ११५ जनाको परीक्षण गर्दा ३७३ संक्रमित थपिएका हुन ।

त्यसैगरी पछिल्लो २४ घन्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १५ सय ५० जनाले कोरोनालाई जितेका छन्, भने हालसम्म देशभर ७ लाख ५८ हजार ५०४ जनाले कोरोना जितेका छन् ।

त्यस्तै हाल देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा ५९ लाख ४६ हजार २२ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । यस्तै ६३ लाख ९० हजार ५८६ जनाले पहिलो डोज खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस