कांग्रेसकाे नगर चुनाव सापकाेटाले हमाललाई समर्थन गरे

तुलसीपुर । नगरसभापतिका आकाक्षि शोभाकर सापकोटाले शुरेस हमाललाई समर्थन गरेका छन् । नेपाली काँग्रेसका अग्रज नेताहरुको अनुरोधमा सापकोटाले आफ्नै समकक्षी साथि शुरेस हमाललाई समर्थन गर्ने निर्णय गरेको बताए।

बिहिबार तुलसीपुरस्थित पार्टीको सचिबालयमा आयोजना गरिएको नगर कमिटीका आकाङ्क्षि सापकोटाको उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै सापकोटाले आफु सधैभरि पार्टीको बिधान, बिधि र पद्दति प्रति ईमान्दारिताका साथ लागि रहेको बताए । उनले भने “म पार्टीको हरेक निर्णय मान्न तयार छु तर पार्टीमा अनवरत रुपमा लागिपरेपछि क्षमताको कदर हुनुपर्छ भन्ने मेरो मान्यता हो ।”
सापकोटाले पार्टीले दिएको सबैप्रकारको जम्मेवारि बहन गर्न तयार रहेको समेत बताए ।
सापकोटाले उम्मेदवारी फिर्ता लियसँगै नगरसभापतिमा शुरेस हमाललाई चुनाब जित्ने सजिलैसँग बाटो खुलेको एकजना जिल्ला स्तरका नेताले बताए ।

यता नगरसभापति पदका लोकप्रिय युवा नेता शुरेस हमालले समकक्षी शोभाकर सापकोटालाई धन्यवाद ज्ञापन गरेका छन् । साथै हमालले तुलसीपुर नगर सभापतिमा आफ्नो जित शुनिश्चित भैसकेको भन्दै पार्टीका सम्पुर्ण अग्रज नेतागन, शुभेच्छुक र आम क्षेत्रिय प्रतिनिधिहरुमा अमुल्य मतदान गरि सहयोग गर्न अपिल गरे ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस