दाङमा ९ देखि ११ गतेसम्म भेरोसिल खोप लगाईने

दाङ । दाङमा थप साढे ३२ हजार नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारी भएको छ । चिनबाट ल्याईएको भेरोसेल खोप दाङमा आईपुगेको र यही असोज ९ देखि ११ गतेसम्म ३२ हजार बढी नागरिकलाई लगाउने तयारी भएको हो । पछिल्लो चरणमा ३१ हजार डोज आएको र यस अघिको १५ सय डोज समेत गरी साढे ३२ हजार जनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
उक्त खोप ४५ देखि ५० बर्षसम्मका र यसअघि छुटेका कक्षा १२ का विद्यार्थी सँगै ५० बर्षभन्दा माथिकालाई लगाईने उनको भनाई छ । उक्त खोप जिल्लाका दशवटै पालिकामा वितरण समेत सुरु भएको छ । जस अनुसार आज राप्ती गाउँपालिकामा २२ सय र गढवामा १९ सय डोज खोप पु¥याईएको छ ।
यसैबिच जिल्लामा अहिलेसम्म करिब ३४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा कुल जनसंख्याको करिब एक लाख ३० हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले जानकारी दिए ।