कसैको बैशाखी टेकेर अगाडी बढ्दैन : ओली

बर्दिया । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा वलीले सरकारले गरेको काम र प्रगती देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । बर्दियाको गुलरियामा आयोजित वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष वलीले सो कुरा बताएका हुन् । उनले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेको बताउँदै सरकार बनेको लामो समयसम्म पनि पुर्णता पाउन नसकेको बताए । सरकारले उन्नती प्रगती गरेकै हुनाले हाम्रा विरोधीहरु र केही पार्टी भित्रका महत्वकांक्षी व्यक्तीहरु आतिएर सरकार ढालेको बताए । सरकारको काम देखेर देश भित्र र बाहिरका प्रतिक्रियाबादी शक्तिहरु आत्तिएर अदालतको परमादेशबाट सरकार ढालेको बताए ।
नेकपा एमालेको सरकारले गरेको कार्यको बारेमा बताउँदै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना नेकपा एमालेमा मात्र रहेको बताए। उनले आफ्नो पालामा विश्व बैँकले समेतले नेपाललाई दक्षिण एसिया कै उदाउँदो तारा भनेर नामाकरण गरेको बताए । उनले भने देश बनाउन शताब्दी कुर्न नपर्ने बताउँदै १० बर्ष भित्र देशलाई समृद्धिको बाटोमा लान गरिबी घटाउन र हटाउने सकिन्छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा उन्नती प्रगती गराउन सके देश छिट्टै बन्ने उनको भनाई रहेको छ । उनले भने गरिबको छोरालाई राम्रो शिक्षा दिएर डाक्टर बनाउन सकिएयो भने उ गरिब रहँदैन । अहिले कतिपयले प्रचण्डले छोडेर गएको र एमाले नै फुटेकोले पार्टी कमजोर भएको बताउने गरेको भएपनि वास्तविकता त्यस्तो नभएको बताए ।
उनले भने विगतमा नेकपा एमाले कसैको बैशाखी टेकेर अगाडी नबढेको र अहिले पनि त्यस्तो अवस्था नभएको बताए । उनले भने नेकपा एमाले अब आफ्नै शक्तीमा अगाडी बढ्छ । अझ आधा माओवादी केन्द्र एमाले मै रहेको छ ।नेकपा एमालेका अध्यक्ष वलीले सर्वोच्च अदालतले नेकपा एमालेलाई न्याय दिने हो भने माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी नै नहुने बताए । उनले भने हामीले पार्टीबाट कारवाहीका लागि पत्र लेखि सकेपछि सरकारले अध्याद्धेश ल्याएर पार्टी फुटेको बताए । यदी पार्टी भईहाले पनि कुनै पार्टीको पालीमा गएर आश्रय मागेर मत केटाकेटी सहित आँए भन्नेको विकल्प नरहेको अध्यक्ष वलीले बताए ।

सरकार गठन भएको लामो समयसम्म पनि बनाउने भन्दा विगार्ने काम गरेको आरोप लगाउँदै अध्यक्ष वलीले देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो भनेर प्रश्न गरे । उनले भने हामी जाने वित्तिकै पैसा हुन्छ उनीहरु जाने वितिक्कै पैसा छैन । कस्तो दरिद्रहरुको सरकार बनेछ । मन्त्री परिषद्विस्तार गर्न नसक्ने सरकारले गरिबहरुलाई जग्गा दिने सुकुम्बासी आयोग खारेज गर्दछ । बनाउन नसक्ने तर भत्काउन विगार्न सक्ने कस्तो सरकार बनेछ रु उनले भने हामीले दवाव दिएपछि अहिले पुनः आयोग बनेको छ तर अनुभवीहरुलाई निकालेर केही पनि नजान्नेहरुलाई राखिएको छ । उनले भने ख्याल गर्नु होला यती पैसा देउ जग्गा धनि पुर्जा दिन्छौँ भन्लान ख्याल गर्नु होला र त्यस्तो गल्ति नगर्नु होला । उनले १५ महिनापछि हामीले निःशुल्क जग्गा धनि प्रमाण पुर्जा दिने छौं ।