लुम्बिनी प्रदेशसभाको बैठक असोज १३ गतेसम्मका लागि स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाको असाजे ७ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो ।
नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै प्रदेश सभाको बैठकदेखि नै बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका दुई जना प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस