आज दाङमा २ जनामा कोरोना पुष्टि, ५ जना कोरोनामुक्त

दाङ । आज दाङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका र राप्तीका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै समेबार दाङका ५ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराही ४ जना र तुलसीपुरका १ जना रहेको केन्द्रले जनाएको छ । सोमबार थप २ जनासँगै दाङमा सकृय बिरामीको संख्या ७३ रहेको छ ।

ति मध्य घरमा ६५ जना, ५ जना आईसियूमा र ३ जना अक्सिजनसहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ५१ जना निको भएका छन् भने २ सय १४ जनाको मृत्युु भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस