देशभर १,०९५ जना कोराना पुष्टि, २,९५७ जना कोरानामुक्ता, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोराना संक्रमित थपिएका छन्. । १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ७५ तथा एन्टिजेन विधिबाट १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज २ हजार ९ सय ५७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज कोरोना संक्रमितबाट ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको छ । त्यसैगरी देशभर २२ हजार तीन सय २३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस