थप ७ सय ३४ जनामा कोरोना पुष्टि, १,४१३ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ सय ३४ जना संक्रमित भेटिएका हुन ।
त्यस्तै, आज १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै आज १४ सय १३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी देशभर २४ हजार तीन सय १३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस