क्रान्तिका उपलब्धि रक्षा गर्न आवश्यक

दाङ । तत्काली माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा दाङमा कार्यक्रम गरिएको छ । कार्यक्रमका वक्ताहरुले बोगटीको क्रान्तिको सपना अझै पूरा नभएको भन्दै अहिलेसम्म प्राप्त भएका उपलब्धि पनि जनताको बीचमा जान नसकेकाले क्रान्तिका उपलब्धिलाई जनताको बीचमा लैजानुपर्नेमा जोड दिए ।

पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठान दाङले घोराही १७ बर्गदीमा स्थानीय महिलाहरुको बीचमा स्मृति दिवस मनाइएको हो । प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्ष प्रमोद शर्माले जनताको घरआँगनमा बसेर ठूलो क्रान्तिको नेतृत्व बोगटीबाट आजका नेता कार्यकर्ताहरुले सिक्नुपर्ने बताए । पश्चिम नेपाललाई क्रान्तिको किल्ला बनाउने वास्तविक कमाण्डर बोगटी नै भएकाले उनको उचित सम्मान हुनुपर्नेमा पनि शर्माले जोड दिए ।

बोगटीकी छोरी प्रतिभा बोगटीले आफ्नो बुवाले परिवार नै क्रान्तिमा होमेको चर्चा गर्दै आफूहरुको मात्र नभएर नेपाली क्रान्तिकै पिता भएको बताए । एक मात्र दाजु रबि बोगटी पनि क्रान्तिमा सहिद भएको स्मरण गर्दै उनले बुवाको कुशल नेतृत्व र दाजुको रगत नेपाली क्रान्तिका लागि उर्जा भएको बताए । प्रतिष्ठानका सदस्य उमानन्द खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष प्रमिता चौधरीले गरेकी थिइन् । वि.सं. २०१० साल साउन ३ गते साबिक नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं. २ भित्रीनीटारमा आमा लेख कुमारी बोगटी र पिता भैरवबहादुर बोगटीको कोखवाट जेठा सन्तानको रुपमा जन्मनु भएको पोष्टबहादुर बोगटीको ६१ बर्षको उमेरमा २०७१ साल भाद्र ३० गते विहान हृदयघात र मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

पोष्ट बहादुर बोगटी निधन हुनु पूर्र्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको उपाध्यक्ष रहेका थिए । उनी २०२५ सालदेखि बाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौ.म.को जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा –मशाल)को नुवाकोट जिल्ला सेक्रेटी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा बाग्मती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित भएको थियो । २०४५ सालदेखि (मशाल)को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकताकेन्द्र) को एकता महाधिवेसनबाट पुनः केन्द्रीय सदस्यमा चुनिएका थियो ।

राष्ट्रिय एकता माहधिबेसनपछि उनी पार्टीको कर्णाली क्षेत्रीय व्यूरोे इञ्चार्ज हँुदै, २०५३ सालवाट पश्चिम क्षेत्रीय व्यूरोे इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती—माहाकाली क्षेत्रीय व्यूरोे समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज रहेका थिए । २०५४ सालमा नेपाल कम्युष्टि पार्टी (माओवादी) को पोलीटव्यूरोे सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हँुदै, २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेनबाट महासचिवमा निर्वाचित भएका थिए । २०७१ बैसाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै २०७१ साल जेष्ठमा केन्द्रीय कार्यलय पेसिसडाँडाँमा बसेको केन्द्रीय समितिको बैठकमा अत्याधित लोकप्रिय मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

२०६४ सालको संबिधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं. ३ वाट संबिधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गरेका थिए । स्वअध्ययन, लगन, निष्ठा र अथक मेहनत तथा बिचार र ब्यवहारको एकरुपताको कौशलताका धनि बोगटी सादा, सरल र सामुहिकतामा रमाउने अत्यन्तै व्यवहारिक नेता रहेका थिए । उनीमा आधारभूत श्रमजीवि सर्बहाराबर्ग जातजाति, भाषभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरुको आर्थिक, सामाजिक साँस्कृतिक जीवन स्तर उठाउन निरन्तर लागि पर्ने नेता रहेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस