दाङमा आज थप २४ जनामा कोरोना पुष्टि, ३ जना निको

दाङ । दाङमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा १५ जना र विभिन्न स्थानमा ६७ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जना गरि १२ जना पुरुष र १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ११, तुलसीपुरका ९ लमहिका २ र राप्तीका २ जना रहेका छन् । यसैविच आज थप ३ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २ र तुलसीपुरका एक जना रहेका छन् । दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ६९ रहेको छ । ति मध्य ५५ जना घरमा, ८ जना आईसियूमा र ६ जना अक्सिजनसहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यस्तै बैशाख यता दाङमा ९ हजार ३ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय २० जना निको भएका छन् । दाङमा बैशाख यता कोरोना संक्रमणका कारण कारण २ सय १४ जनाको मृत्युभएको केन्द्रले छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस