आज दाङमा कोरोना पुष्टि र निको हुने बराबर

दाङ । आज दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षण गर्दां तुलसीपुरका २ पुरुष र एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैविच आज थप ३ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा शान्तीनगरका २ र लमहिका एक जना रहेका छन । दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ४८ रहेको छ । ति मध्य ३७ जना घरमा, ८ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यस्तै बैशाख यता दाङमा ८ हजार ९ सय ७९ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय १७ जना निको भएका छन् । दाङमा बैशाख यता कोरोना संक्रमणका कारण कारण २ सय १४ जनाको मृत्यु भएको केन्द्रले छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस