प्रचण्डलाई एक्लिने चिन्ता

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो की भन्ने चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १÷२ वर्षपछि यस्तै हुने हो की भन्ने चिन्ता लाग्ने गरेको बताए ।

आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तन, मनन गरी दिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरे । ‘कहिलेकाँही मलाई पनि यस्तै हुँदो रहेछ । १÷२ वर्ष जतिमा एक्लो पो हुने हो की ? माओले भनेजस्तै ‘म एक्लो हुँ,’ भन्नुपर्ने हो कि ? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईहरु यो पनि चिन्तन, मनन गरिदिनुहोला ।

नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंशा खोजेको कुरो हो र ? यो,’ उनले भने ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस