थप ९ सय ११ जनामा कोरोना पुष्टि, १४२३ जना कोरोनामुक्त, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जना संक्रमित भेटिएका हुन् ।
यस्तै, आज १३ जना संक्रमितको मृत्यु भएको छ । १ हजार ४ सय २३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २६ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस