संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए ।
सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन् । तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन् । आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको हो । प्रमुख प्रतिपक्षीको बिरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो । थाहाखबरबाट
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस