एमालेद्वारा आजको संसद् बैठक पनि अवरोध

काठमाडौँ । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । 

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । यसअघि बसेको २ वटा बैठक पनि एमालेका सांसद्हरुको अवरोधका कारण स्थगित भएको थियो । 

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस