दाङमा ७ जना कोरोना पुष्टि, १३ जना निको

दाङ। दाङका आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षण गर्दा घोराहीका ४ जना र तुलसीपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैविच आज थप १३ जना कोरोना मुक्त भएका छन् । जस अनुसार घोराहीका ७ जना, तुलसीपुर र बबईका दुईदुई जना, लमही र गढवाका एक एक जना निको भएका हुन् । दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ५२ रहेको छ ।

ति मध्य ४१ जना घरमा, ५ जना कोरोना विषेश अस्पताल बेलझुण्डिको आईसियूमा र ६ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । साथै बैशाख यता दाङमा ८ हजार ९ सय ७३ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय ७ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस