नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो

काठमाडौं । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले बङ्गलादेशलाई दुई–एकको गोल अन्तरले हरायो । नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गोल गरे । सविताले खेलको १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गोल गरिन् ।

पहिलो हाफमा नेपाल दुई–शून्यले अघि थियो । तर खेलको दोस्रो हाफमा बङ्गलादेशले एक गोल ग¥यो । उसका लागि खेलको ८३औँ मिनेटमा थोउरा खातुनले गोल गरिन् ।

एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदो आइतबार हुनेछ ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस