तुलसीपुर ५ मा कांग्रेसको निर्वाचन प्रक्रिया स्थगित

दाङ । नेपाली कांग्रेस तुलसीपुर ५ मा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । वडा अधिबेशन निर्वाचन समितिले एक सूचना जारी गदै भोली (भदौ २२ गते ) सम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज (सोमबार) भएपनि सहमती हुन नसकेपछि मतदान प्रक्रिया भोलीसम्मका लागि स्थगित गरिएको हो । मतदान प्रक्रिया भोली विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हुने जानकारी दिईएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस