माओवादी केन्द्र दाङको संयोजकमा सुवास
दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनीले प्रदेशका सबै जिल्लामा संयोजक तोकेको छ । पार्टी केन्द्रीय समितिको पछिल्लो बैठकले पारित गरेको अन्तरिम विधानअनुसार जिल्लामा समन्वय समिति रहने भएकाले संयोजक तोकिएको सो पार्टीले जनाएको छ । जसअनुसार दाङ संयोजकमा तुलसीराम पुन ( सुवास ) तोकिएका छन् ।
यसअघि माओवादी र एमाले एकताबाट बनेको नेकपाको उनी जिल्ला सचिव थिए । त्यस्तै रोल्पा संयोजकमा सुरेन्द्र थापा ( ध्रुव ), रुकुम पूर्व संयोजकमा मेघबहादुर श्रेष्ठ, रूपन्देही संयोजकमा नारायण बहादुर जिसी ( निर्मल ), कपिलवस्तु संयोजकमा रामचन्द्र साह ( विष्णु ), बाँके संयोजकमा इन्द्रप्रसाद खरेल, बर्दिया संयोजकमा भुवन कुमार थारू ( किशोर ) , प्यूठान संयोजकमा कृष्ण अधिकारी ( प्रकाश ) , अर्घाखाँची संयोजकमा ठाकुर कुमार बिक ( किशोर ), गुल्मी संयोजकमा वीरबहादुर कार्की ( चाहाल ), पाल्पा संयोजकमा नेत्र पाण्डे र नवलपरासी संयोजकमा भविश्वर तिवारी ( आजाद ) रहेका छन् ।
पालिका सम्मेलनपछि पालिका अध्यक्षहरू सहितको जिल्ला समन्वय समिति बन्ने छ । जिल्ला इन्चार्ज यसअघि नै केन्द्रीय समितिले तोकिसकेको थियो । दाङ इन्चार्जमा जीवन गौतम रहेका छन् ।