दाङमा कांग्रेस वडा अधिवेशनका लागि आज मनोनयन

दाङ । नेपाली कांग्रेसको वडा अधिवेशनका लागि दाङमा आज उम्मेदवार दर्ता हुँदै छ । आज उम्मेदवारी दर्ता र भोली मतदान हुने निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भदौ २० गते बिहान १० बजे प्रथम मतदाता नामावली प्रकाशन हुनेछ । बिहान ११ः१५ बजे मतदाता नामावली प्रकाशन, ११ः२० देखि १ः२० सम्म उम्मेदवारी मनोनयन दर्ता, दिउँसो १ः५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम तय भएको छ ।
१ः५५ देखि २ः३५ बजेसम्म उम्मेदवारीमाथिको दाबी बिरोध संशोधन, दिउँसो ३ बजे उम्मेदवारको संशोधित नामावली प्रकाशन, ३ः५ देखि साँझ ६ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको छ । भदौ २१ मा मतदान हुनेछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस