तुलसीपुर ११ नम्बर वडामा कांग्रेसको दुई समुह चुनावी

तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक सुरुवात भईसकेको छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनमा वडा अधिवेशन आजबाट सुरु भएको हो । वडा अधिवेशन केहि जिल्लामा भने तयारी नपुगेको हुँदा केहि पर सरेको छ । यता दाङमा पनि वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । अधिबेशनको मिति नजिकिएसँगै चुनावी माहोल तात्तीदा भेटघाट तथा प्रचार–प्रसारले तिव्रता पाएका छन । नेताहरु चुनावी प्रचार–प्रसारमा ब्यस्त देखिन्छन् ।

सबै वडामा चुनावी गतिविधि बढ्दै जादा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा पनि नेतृत्वको लागि निकै रस्साकस्की सुरु हुन थालेको छ । उक्त वडामा खास गरि दुईवटा समूहले प्रचार–प्रसारलाई यति बेला ब्यापक बनाएका छन । वडाबाट प्रतिनिधित्व गर्ने तुलसीपुरकै प्रतिष्ठित उद्योगपति डिल्लीबहादुर बस्नेत र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको अलगरअलग गुट खडा भएको छ । उनीहरु आँफु पक्षधरलाई निर्वाचित गराउन घर दैलोमा पुगेका छन । भण्डारीको समूहले वडा सभापतिको उम्मेदवार जसपुरका हेमबहादुर वलीलाई बनाएको छ ।

त्यस्तै बस्नेतको समुहले मोतिपुरका तिर्थबहादुर बस्नेत (महेन्द्र)लाई उम्मेदवार बनाएको छ । श्रोतका अनुसार हेमबहादुरलाई कांग्रेसका केन्द्रीय सदस्य पुर्ब सिचाई मन्न्त्री दिपक गिरी र लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको, सविधान सभा सदस्य बुद्दिराम भण्डारीको साथ रहेको छ । त्यसैगरी रमेशबहादुर भण्डारी, निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली, होमप्रकाश गौतम, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धुर्व आचार्य, क्षेत्र नंं. ४ का क्षेत्रीय सभापति रमेश मल्ल, वडा सदस्य सुवास डाँगीलगायत खुलेरै आफ्नो पक्षलाई विजयी बनाउन तयारीमा जुटेका छन् ।

यस्तै तिर्थ बहादुरलाई भने गेहेन्द्र गिरीको मात्रै साथ रहेको श्रोतले बताएको छ । यो समुहमा वडाध्यक्ष चित्रबहादुर वली, नेपाली कांग्रेसका पूर्व वडा इकाई सभापति अर्जुनबहादुर केसी, लगाएका नेताहरुको साथ रहेको छ । ११ नम्बर वडामा केन्द्रिय नेताहरु दिपक गिरी र डिल्लीबहादुर चौधरी,र बुद्दिराम भण्डारीको बलियो पकड भएको हुँदा वडा सभापतिमा हेमबहादुर वलिले निर्वाचन जित्ने लगभग निष्चित भैसकेको स्थानीय पुराना नेताहरुले आकलन गरेका छन ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस