थप १२६८ जनामा कोरोना पुष्टि, २१९५ जना संक्रमण मुक्त, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, नेपालमा थप २१९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस