बामदेव गौतमले छाडे एमालेको साथ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।
५ पुस २०७७ मा संसद विघटनसँगै साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए । सर्वाेच्च अदालतले २३ फागुनमा एमाले पुनस्र्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेको थिएन ।
एमाले एकता अभियान चलाएका गौतम बेला–बेला अध्यक्ष ओली नेतृत्वको बैठकमा जाने गर्थे । पछिल्लो समय माधव समूहले पार्टी फुटाए साथ दिने बताए । तर अहिले भने उनले जनताको बहुदलीय जनवाद –जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने लगायतका शर्त अघि सारेका थिए ।.0
प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस