खुला फुटबल प्रतियोगीतामा टाईगर, रोयल बिजौरी र आरकेको बिजयी सुरुवात

दाङ । दाङ तुलसीपुर ८ को गैरिचौरमा संचालित खुला फुटबल प्रतियोगीता २०७८ मा टाईगर युवा क्लव दमारगाउँ, रोयल बिजौरी र आर के फुटबल क्लव टिकरी ले बिजयी सुरुवात गरेका छन् । बागेश्वरी टोल विकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लवको संरक्षणमा संचालित प्रतियोगीताको आज शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथा फुटबल क्लवलाई सर्ट एण्ड डेथमा २ का बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै टाईगरले बिजयी सुरुवात गरेको हो ।

त्यस्तै रोयल बिजौरीले शिव ज्योती क्लवलाई शून्यका बिरुद्ध ३ गोलको अन्तरले पाखा लगाउँदै बिजयी सुरुवात ग¥यो । त्यस्तै आयोजक बागेश्वरी टोललाई ट्राईवेकरमा १ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर।के फुटबल क्लब बिले बिजयी यात्रा सुरु गरेको हो । यसैबिच शनिवार बिहान हुने पहिलो खेलमा एसएस एफए वल्ड राईजिङ र आर के फुटबल क्लव टिकरी (ए) भिड्नेछन् । खेल बिहान सात बजेबाट सुरु हुनेछ । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगीतामा १२ टिमको सहभागीता रहेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउँदै सञ्चालित प्रतियोगीताको बिजेता टिमले खसी तथा उपबिजेता टिमले नगद सात हजार पाँच सय, मेडल, प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्यालले जानकारी दिए ।
यसैबिच प्रतियोगीताको उद्घाटन आयोजक बागेश्वरी टोल विकास संस्थाका अध्यक्ष प्रकास विश्वकर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष बेदबहादुर केसी प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको थियो । डोमकान्त पाण्डेको स्वागत रहेको कार्यक्रमको संचालन अविशेक दहालले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस