दाङमा थप १० जनामा कोरोना पुष्टि , २९ जना संक्रमणमुक्त

दाङ । आज दाङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । जसमध्यबाट आज संक्रमण पुष्टि हुनेमा घोराहीका ४, तुलसीपुरका ३, लमही, बबई र गढवाका १÷१ जना रहेका छन् ।

त्यस्तै जिल्लामा २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा तुलसीपुरका १७, घोराहीका ४ बबई र लमहीका ३÷३ जना र राप्तीका २ जना रहेको छन् ।

त्यस्तै जिल्लामा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ३१ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ४२ जना निको भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस