एमाले क्षेत्र नम्बर ३ को भेला सफल पार्न समिति गठन

तुलसीपुर । नेकपा एमाले दाङ ३ नम्बर निर्वाचन क्षेत्रको वैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । आउँदो १९ गते शनिबार तुलसीपुरमा हुने विशेष प्रशिक्षण तथा भेलाको तयारीका लागि बैठक बसेको हो । बैठकले दोघरे सभाहलमा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यमा हुने भेलामा उपस्थितिका लागि सबै पार्टी सदस्यहरुलाई अपिल गरेको छ ।

क्षेत्रीय संयोजक भिम योगीको अध्यक्षता एवं प्रदेश कमिटीका सदस्य रामजी चौधरी मिलनको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । बैठकले कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । जस अन्तर्गत संगीत बस्यालको संयोजकत्वमा प्रचार–प्रसार समिति, श्याम डाँगीको संयोजकत्वमा मञ्च ब्यबस्थापन समिति, टेकबहादुर वलीको संयोजकत्वमा बबई विशेष समिति, विष्णु केसीको संयोजकत्वमा शान्तिनगर विशेष समिति, एमएन शाहको संयोजकत्वमा दंगीशरण विशेष समिति, तुलसा केसीको संयोजकत्वमा महिला परिचालन समिति, गोपाल रेग्मीको संयोजकत्वमा अनेरास्ववियु परिचालन समिति, लिला वली र देवु बस्नेतको संयोजकत्वमा युवा परिचालन समिति, मानबहादुर रावतको संयोजकत्वमा आर्थिक समिति र मनोहर बुढाथोकीको संयोजकत्वमा अतिथि परिचालन समिति गठन गरिएको छ ।

बैठकमा जिल्ला सचिव मनोहर बुढाथोकी, नेताहरु श्याम डाँगी, रेखा शर्मा, मानबहादुर रावत, विण्णु केसी, केशब सापकोटा, धनबहादुर केसी, भरत अधिकारी, माधव वलीलगायतले बोलेका थिए । बैठकको सञ्चालन सचिव टेकबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस