नेपाल र भारतको १–१ गोल

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ ।

खेलको ६०औं मिनेटम भारतीय खेलाडीले गोल फर्कायो । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर हुन सकेन ।

सोही बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे । यसअघि नेपालका लागि अञ्जन विष्टले ३५औं मिनेटमा अग्रता लिएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस