दाङमा थप ५ जना कोरोना संक्रमित, १५ जना कोरोनामुक्त
दाङ । आज दाङमा थप ५ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा घोराहीका ३, बबई र गढवाका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टाका दाङमा १५ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ८ जना, तुलसीपुर र लमहीका ३÷३ जना र राप्तीका एक जना रहेको केन्द्रले जनाएको छ ।
आज थप १५ जना कोरोना मुक्त भएसँगै दाङमा सक्रिय संक्रमितको संख्या ८८ मा झरेको छ । ति मध्ये ८४ जना होम आईसोलेसनमा, अक्सिजनसहितको उपचारमा ४ जना र १० जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस