सभापतिमा साझा उम्मेदवार खोज्छौं : पौडेल

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् । 

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ ।’ पौडेलले भने, ‘हामी चारजनामध्ये एक जनाले मात्रै उम्मेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौँ ।’ सभापतिबारे छलफल भैरहेको र केहिदिनमा निर्णय गर्ने पौडेलले बताए । 

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस