आज दाङमा थप ६ जनामा कोराना संक्रमित, १५ जना कोरानामुक्त
दाङ । दाङमा केही दिन यता कोरोना संक्रमितको दरमा ओरालो लागेको छ । आज बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिला र २ जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा तुलसीपुरका ३ जना, बबईका २ जना र घोराहीका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
त्यस्तै जिल्लामा आज थयिएकासँगै सक्रिय संक्रमितको संख्या १ सय ८ जना पुगेको छ । जसमध्यबाट होमआइसोलेसनमा ९४ जना, अक्सिजनसहितको उपचारमा २ जना र १२ जना आईसियूमा उपचाररत छन् । त्यस्तै वितेको २४ घण्टाका जिल्लामा १५ जना संक्रमण मुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेमा घोराहीका १० जना, लमही र तुलसीपुरका २÷२ जना र बबईका एक जना रहेको छन् ।
त्यस्तै बैशाख यता जिल्लामा थपिएसँगै कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय १६ जना पुगेको छ । जसमध्य ८ हजार ५ सय ९८ जना निको भएका छ भने २ सय ११ जनाको मृत्यु भएको केन्द्रले बताएको छ ।